Logo
Logo

अस्पतालको झ्यालबाट खसेर विरामीको मृत्यु


1.6k
Shares

काठमाडौं । भरतपुरको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक विरामीको मृृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेका छन् ।

बिहीबार बिहान करिब ११ बजेतिर कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेर घाइते भएका मगरको अस्पतालमै मृत्यु भएको हो । उनी हिजो (मंगबार) अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्