Logo
Logo

महोत्तरीमा ट्याक्टर पल्टिँदा दाहा मेला हेर्न गएका २७ जना घाइते


630
Shares

काठमाडौं । महोत्तरीको पिपरामा ट्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन । बिहीबार साँझ मुस्लिम समुदायको मोहरम्म पर्व हेर्न जाने क्रममा जलेश्वर नपा–९ स्थित परिकौली चोक नजिकै २७ जना सवार ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार जलेश्वर नगरपालिका–६ धबौली गाउँबाट पिपरा गाउँपालिका–५ मा लागेको दाहा मेला हेर्न ट्याक्टर चढेर गएकाहरु दुर्घटनामा परेका हुन् ।

चालकले तीव्र गतिमा ट्र्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइते एक जनालाई उपचारका लागि जनकपुर ल्याइएको छ ।
दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्