Logo
Logo

त्रिशूलीमा हराएका २३ जनाको शव भेटियो (सूचीसहित)


1.7k
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा गएको पहिरोमा परी वेपत्ता भएकामध्ये २३ जनाको शव भेटिएको छ । असार २८ गते सिमलतालमा लेदोसहितको पहिरोले दुई बस बगाउँदा त्यसमा सवार ६५ जना यात्रु त्रिशुली नदीमा वेपत्ता भएका थिए ।

जसमध्ये नेपाल र भारतीय भूमिमा गरी २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका शवहरु ८ जना पुरष र १ जना महिलाको रहेको छ ।

काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर वेपत्ता भएका थिए । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ताको अवस्था हालसम्म अज्ञात छ ।

भेटिएका शवः

१. विकाश परियार, चितवन

२. ऋषिपाल शाह, भारत

३.रमित कुमार माझी, सर्लाही

४. जय प्रकश ठाकुर, भारत

५. सजाद अन्सारी, भारत

६. सुदिप बिक, चितवन

७. प्रमानन्द पण्डित, बारा

८. किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।

९. अशोक कुमार यादव, रौतहट

१०.ऋषिकुमार सिंह, रौतहट

११. विवेक कुमार, भारत

१२. जितेन्द्र राम महरा, सर्लाही

१३. अमृता कुमारी, रौतहट ।

१४. चन्द्र प्रभा कुमारी, पर्सा

९ जनाको सनाखत हुन बाँकी

प्रतिक्रिया दिनुहोस्