काठमाडौं । उपसभामुख इन्दिरा रानाले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको प्रष्टीकरण दिएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले डेढ वर्ष अगाडि एउटा एनजीओको कार्यक्रममा अमेरिका जाने क्रममा अन्य व्यक्तिहरूलाई समेत लैजान खोजेको र त्यसका लागि अमेरिकी दूतावासलाई लेखेका थिए । उक्त पत्र सार्वजनिक भएपछि रानामाथि प्रश्न उठेको छ ।

“मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ”, उनले भनेका छन् “कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने उल्लेख गरिन् । ‘मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन । हैन । उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि म अन्य कार्यक्रमको सिलसिलामा अमेरिका लगायत अन्य मुलुकको यात्रा गरिरहेको छु ।”
उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौँस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको थियो । उपसभामुख रानाले दूतावासमा अन्तर्वार्ताका लागि विभिन्न व्यक्तिको नाम उल्लेख गर्दै लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा गरेका छन् ।















