Logo
Logo

प्रचण्डकै कारण बाम सरकार ढलेको हो : ईश्वर पोखरेल


945
Shares

काठमाडौं । नेकपा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा माओवादीको साथ नलिने सर्तमा एमाले–कांग्रेस बनेको बताएका छन् । प्रवासी मञ्च, कतारको सातौ अधिवेशनलाई शुक्रबार दोहामा सम्बोधन गर्दै नेता पोखरेलले यस्तो खुलासा गरेका हुन् ।

प्रचण्डकै बेइमानीका कारण बाम सरकार ढलेको बताउँदै नेता पोखरेलले भने, ‘यो देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको हो ।’ उनले राजनीतिक स्थायीत्वको लागी कांग्रेस एमाले सरकार बनेको पनि बताए ।

नेता पोखरेलले अब नेपालमा सानो पार्टीको काम नभएको भन्दै देशलाई समृद्ध बनाउन एमाले चाहिने बताए । कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यावस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको भन्दै नेता पोखरेलले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्