ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्दै उनी साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रणेता जननायक बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालयको शुभारम्भमा मन्तव्य राख्दै सभापति देउवाले राजनीतिमा उनी जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रका लागि जुनसुकै बलिदान गर्न तयार व्यक्ति भएको बताएका हुन् ।
“कांग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने एउटा चलन छ, अब पुस्तकालय भएपछि अवश्य पढ्नुहुनेछ भन्ने लाग्छ । बिपी कोइरालाका सम्बन्धमा मैले भन्ने गरेको छु, उहाँ धेरै ठूलो व्यक्ति हो । हरचिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथसाथै धेरै कुरामा उहाँको योगदान छ”, सभापति देउवाले भने ।














