Logo
Logo

ओलीलाई प्रधानमन्त्री बन्न हौस्याउने देउवा एकदिन पछुताउँछन् : माधव नेपाल


15.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर नखोजेको बताएका छन् ।

आइतबार विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै उनले शासन होइन, जनता बलियो बनाउनुपर्ने बताए ।

शक्तिको केन्द्रीकरणबाट नै स्वेच्छाचारीताको जन्म हुने भन्दै अध्यक्ष नेपालले भने, ‘कसैलाई कार्यकारी पदमा पुग्नेबित्तिकै शक्तिको अधिक भोग जाग्छ । स्वतन्त्र र स्वायत्त रुपमा चलेका संस्थालाई किन आफू मातहतमा ल्याइन्छ ? त्यसलाई कज्याउने रहर किन जाग्छ ? बुझ्नेलाई इशारा काफी छ ।’

अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ओलीलाई शक्तिमा फर्काउन मद्दत गरेकोमा पुछताउने दिन आउन सक्नेतर्फ सचेत गराए । “यस्तो प्रवृत्तिलाई शक्तिमा फर्किन हौस्याउने साथीलाई भन्न चाहन्छु, भोलि पछुताउनु नपरोस्”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्