Logo
Logo

अन्तिम समयमा लीलाको नाम काटियो, चेतनारायण लुम्बिनीको मुख्यमन्त्री बन्दै


4.8k
Shares

काठमाडौं । नेकपा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । केन्द्रको निर्देशनपछि उपनेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।

यसअघि संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्काजस्तै थियो । तर, अन्तिम समयमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने १ घण्टाअघि मात्रै गिरीको नाममा टिपेक्स लागेको हो ।

प्रतिक्रिया दिनुहोस्