Logo
Logo

घुस लिएको आरोप लागेका कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो


1k
Shares

काठमाडौं । सानो ठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले समकक्षता शाखामा कार्यरत कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

सर्टिफिकेट इक्युभ्यालेन्ट गर्दा बिचौलिया प्रयोग गरेर घुस लिएको प्रश्न उठेपछि केन्द्रले सो शाखामा कार्यरत एक अधिकृतलाई छानबीन नसकिँदासम्म जिम्मेवारीबाट हटाएको हो ।

केन्द्रका निर्देशक तथा सूचना अधिकारी बासुदेव वस्तीका अनुसार आशंकाका आधारमा कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको हो । ‘संसदमा उठाएको प्रश्न आफैँमा गम्भीर छ। हामीले सोधपुछ र छानबीन गरिरहेका छौं, आशंकामा एक कर्मचारीलाई हटाएका छौं, ’ उनले भने, ‘तर सेवाग्राहीले उठाएका केहि सवालहरु हाम्रो सिस्टम हेर्दा मिलेको देखिँदैन ।’

उनले सेवाग्राहीले ३ बजेसम्म पनि काम नभएको भन्ने कुरा झुटो रहेको समेत दाबी गरेका छन् । सोमबार आफूहरुले सिस्टममा हेर्दा ती सेवाग्राहीले बिहीबार दिउँसो ३ः२४ मा कक्षा १० र १२ को इक्युभ्यालेन्ट लिएको देखिएको छ । तर, पैसा कस्लाई दिए भन्नेकुरा खुलेको छैन । कर्मचारीले अप्रत्यक्ष रुपमा घुस खाएको हुनसक्ने आशंका भने गरिएको छ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो घटनामा छानबीनको लागि तीन सदस्यीय छानबीन समिति गठन गरेको छ। सोमबार मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक सातामा छानबीन टुंग्याउने गरी समिति गठन गरेको हो ।

जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा। वीरेन्द्र महतोले आइतबार प्रतिनिधिसभामा बोल्दै आफ्नो छोरोको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्दा पाँच हजार घुस खुवाउनुपरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्