Logo
Logo

उत्तरगंगीले बगाएका रामबहादुर मृत भेटिए


315
Shares

बागलुङ । उत्तरगंगी नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक मृत फेला परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका-८ निवासी ५४ वर्षीय विक आइतबार उत्तरगंगी नदी तर्ने क्रममा बेपत्ता भएका थिए । विक आज मृत फेला पारेको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका-९ स्थित उत्तरगंगी नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका विक आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका-९ दिज स्थित उत्तरगङ्गा नदीको भाग मृत फेला परेको यादवले जानकारी दिए । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्