Logo
Logo

सौर्यको जहाज दुर्घटना : घटनास्थल पुगे प्रधानमन्त्री ओली


819
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन् । दुर्घटनास्थल पुगेर प्रधानमन्त्री ओलीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन् ।

दुर्घटनास्थलबाट प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न अस्पताल जाँदैछन् । पाइलट मनिषको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीले दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छन् ।


सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान ११ः १० बजेको उडानमा पोखराका लागि उड्नेवित्तिकै खसेको थियो । दुर्घटनामा परी चालक शाक्यबाहेक १८ जनाकै मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्