Logo
Logo

विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउने तयारी


1.4k
Shares

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई बुझाउने तयारी भएको छ ।
अस्पतालले परिवारबाट सङ्कलन भएको हुलिया ‘म्याचिङ’ सकेर आज साँझसम्म शव मृतकका आफन्तलाई जिम्मा लगाउने तयारी गरेको हो।

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको र हुलया ‘म्याच’ गरेर साँझसम्म आफन्तलाई बुझाइने जानकारी दिए ।

दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ४ जनाको शरीर धेरै जलेका कारण पहिचान गर्न केही समस्या देखिएको छ । १४ जनाको भने पहिचान खुल्न सक्ने उनले बताए ।

आफन्तले उपलब्ध गराएको हुलियाबाट समेत शवको पहिचान नखुलेमा भने डीएनएको प्रक्रियामा जानु पर्ने हुन्छ । डीएनएको प्रक्रियामा गएको खण्डमा भने शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने चौधरीले बताए ।

बुधबार विमानस्थल नजिकै भएको दुर्घटनामा विमान चालकबाहेक १८ जनाको मृत्यु भएको थियो । घाइते पाइलट मनीषरत्न शाक्यको अहिले सिनामंगलस्थित केएमसीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्