Logo
Logo

प्रधानमन्त्री ओलीको सचिवालयमा दुबै हात नभएका गणेश राई नियुक्त


52.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोटाङका गणेश राईलाई सचिवालयमा नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले राईलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् ।

खोटाङ काहुलेका राई जन्मजात अपाङ्ग हुन् । उनको दुबै हातको कुहिनाभन्दा तलको भाग छैन । प्रधानमन्त्री ओलीले आफू पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री हुँदा राईलाई सचिवालयमा नियुक्त गरेका थिए ।

ओली प्रधानमन्त्रीबाट आउट भएपछि राईलाई पनि हटाएको नेकपा एमालेका नेता विशाल भट्टराईले जानकारी दिए । नेता भट्टराईका अनुसार ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि राईले प्रधानमन्त्रीको सचिवयलमा रहेर काम गरेका थिए ।

ओली फेरी प्रधानमन्त्रीबाट आउट भएपछि राईलाई पनि सिंहदरबारबाट हटाएको भट्टराईले बताए । ओली तेस्रो पटक प्रधानमन्त्री बनेपछि अपाङ्ग भएका राई पुन: सचिवालयमा फर्किएका छन् ।

प्रधानमन्त्री ओलीले दुइ हात नभएको त्यो गणेश कता छ ? भन्दै खोजेका थिए । गणेश कतै नदेखेपछि खोटाङका नेतालाई सम्पर्क गर्न निर्देशन दिएका थिए । सहसचिव बिनोद कुवरले आँफैले सचिवालयमा राखेर काम लगाएको गणेशलाई सिहदरवार बोलाए ।

प्रधानमन्त्री ओलीसँग भेटपछि राई सचिवालयमा नियुक्त भएका छन् । अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता अपांगलाई क्षमता देखाएर जागिर खान पनि केपी ओलीनै चाहिने नेता भट्टराईले बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ” खोटाङ काहुलेका गणेश राई जन्मजात अपाङ्ग हुनुहुन्छ अर्थात उहाँका दुबै हातको कुहिनाभन्दा तलको भाग छैन । दिक्तेल क्याम्पस पढ्दै गर्दा उहाँलाई स्व. मिलन राईले केहि काम गर्न र अध्ययन गर्न काठमाडौं ल्याउँनुभयो, भैरव राईले निकै ठुलो सहयोग गर्नुभयो ।

यसैबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो र भैरव राई , स्व. मिलन राई लगायत हामीले गणेशलाई प्रधानमन्त्रीज्युसँग भेट गराएर उहाँको क्षमता बताउदै आधा हातले सरर कम्प्युटर चलाएको देखाएपछि तुरुन्त सचिवालयमा राख्न निर्देशन दिनुभयो र गणेशको रोजगारीको यात्रा प्रारम्भ भयो ।

आरोप बिल्कुलै हैन, केपी ओली प्रधानमन्त्रीबाट हटाईएपछि गणेशलाई पनि हटाईयो । दुखले जीविका गर्दै हुनुहुन्थ्यो , फेरि केपी ओलीनै दोश्रो कार्यकालको लागि प्रम भएर सिंहदरवार फर्केपछि मात्र गणेशको जागिर जोडियो ।

फेरि केपी ओलीलाई हटाईयो, गणेशलाई पनि हटाईयो। अहिले प्रमको रुपमा सिंहदरवार आएपछि केपी ओलीले दुइ हात नभएको त्यो गणेश कता छ भनेर खोज्नुभएछ, गणेश कतै नदेखेपछि खोटाङे नेतालाई सम्पर्क गर्न भन्नुभएछ । सहसचिव बिनोद कुवरले आफैंले सचिवालयमा राखेर काम लगाएको गणेशलाई सिहदरवार बोलाउनुभयो र प्रमसँग भेट गराएपछि पुन: जागिरको निरन्तरता भयो । अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता अपांगलाई क्षमता देखाएर जागिर खान पनि केपी ओलीनै चाहिने रहेछ !”

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000