
काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद् भवनको अनुगमन गरेका छन् । उनले आज बिहान सिंहदरबार परिसरमा निर्माण भइरहेको नयाँ संसद भवनको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री सिंहले निर्माणको प्रगति, गुणस्तर, र समयसीमाबारे जानकारी लिएका थिए । सो क्रममा मन्त्री सिंहले सिफ्ट बढाएर भए पनि बाँकी रहेको काम ९ महिनाको समयावधिभित्र सक्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै उनले काम समयमै सक्नुपर्नेमा जोड दिए । सिंहदरबार परिसरमा सङ्घीय सांसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ भवन निर्माणको काम भइरहेको छ ।














