Logo
Logo

चुनौतीलाई देखेर भाग्ने होइन, सामना गर्नुपर्छ : माधव नेपाल


2.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनौती नै जीवनको अर्को नाम भएको बताएका छन् ।
अनेरास्ववियू काठमाडौंले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले चुनौती नै जीवनकाे अर्को नाम भएकोले चुनौतीलाई देखेर आत्तिन नहुने बताए ।

‘अहिले हामी आत्तिनुपर्ने केही आवश्यकता छैन, जीवन भनेको चुनौतीको अर्को नाम हो । त्यसैले चुनौतीको सामना गर्नुपर्छ र दृढताको साथ अगाडि बढ्नुपर्छ,’ उनले भने ।

साथै नेपालीको जीवन सुखी बनाउन म गर्छु, हामी गर्छौ भन्ने हिम्मतका साथ अघि बढ्नुपर्ने उनको भनाई थियो ।
उनले भने, ‘नेपालीको जीवन सुखी बनाउनको लागि अरूले गरेनन्, अरूबाट पार लागेन म गर्छु हामी पार लगाउँछौँ भन्ने हिम्मतका साथ अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्