काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे । समितिको सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त थियो ।
समितिको सभापति पदमा कांग्रेसका थापाको मात्र उम्मेदवारी परेको थियो ।














