Logo
Logo

१८ देशका लागि राजदूत सिफारिस, को कहाँ ? (सूचीसहित)


8.6k
Shares

काठमाडौं । सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १८ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

हेर्नुहोस् कुन देशको राजदूतमा को सिफारिस ?

डा. शंकरप्रसाद शर्मा – भारत
कान्ता रिजाल – अष्ट्रेलिया
नरेशबिक्रम ढकाल – साउदी अरेबिया
प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
धनप्रसाद पण्डित – इजरायल
रामकृष्ण भट्टराई – श्रीलंका
सनिल नेपाल – स्पेन
डा. शैल रुपाखेती – जर्मनी
लोकदर्शन रेग्मी – अमेरिका
चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
डा. शिवमाया तुम्बाहाङ्फे – दक्षिण कोरिया
जंगबहादुर चौहान – रुस
रमेशचन्द्र पौडेल – कतार
प्रा. डा. कृष्णप्रसाद ओली – चीन
सुम्निमा तुलाधर – डेनमार्क
नेत्रप्रसाद तिमल्सिना – मलेसिया
प्रकाशमणि पोखरेल- पोर्चुगल
रीता धिताल – पाकिस्तान

प्रतिक्रिया दिनुहोस्