Logo
Logo

ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ


756
Shares

काठमाडौं । झापामा लागु औषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदैं गरेका भारतको किसनगंज जिल्ला सतकुवा दिंगलबैक पञ्चायत–१ का ३६ वर्षीय सोमाई किस्कुलाई पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट लुकाई छिपाई ल्याउदैं गरेको प्रतिबन्धित लागु–औषध ब्राउन सुगर प्लाष्टिकसहित २० ग्राम र प्लाष्टिक बाहेक १६ ग्राम ८३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । सोमाईलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000