Logo
Logo

लुम्बिनीका मुख्यमन्त्रीले ब्यूँताए बुटवलको सम्पर्क कार्यालय


3.7k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः संचालनमा ल्याएका छन् । मुख्यमन्त्री आचार्यले बुटवल उपमहानगरपालिका-८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

यसअघि ०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए । दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरु लगिएपनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

यसअघि मुख्यमन्त्री कार्यालय धेरै ठाउँमा राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो तर हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सानो इकाइको व्यवस्था गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्