Logo
Logo

खोलाले बगाएर एक बेपत्ता


441
Shares

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिका–५ मकरीगाड खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । आज मकरिगाड खोलामा बगेर अपी हिमाल गाउँपालिका–३ रौँला बस्ने ४२ वर्षीय मोहनसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार मकरीगाडदेखि खण्डेश्वरी जाने क्रममा मकरीगाड खोलामा बगेर धामी बगेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार वेपत्ता सिंहको खोजी भइरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000