Logo
Logo

काभा नेसन्स लिगमा आज इरानसँग भिड्दै नेपाल


2.3k
Shares

काठमाडौं । काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ ।

नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो । यसअघि आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

आजको खेलमा नेपाल लिग चरणमा भोगेको हारको बदला लिने लक्ष्य सहित मैदानमा उत्रनेछ । उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्