Logo
Logo

फेरि डुब्यो एमाले पार्टी कार्यालय


1.8k
Shares

काठमाडौं । सोमबार रातिदेखि परेको वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका कारण एमाले मुख्यालयसँगै नजिकै रहेको एन्फाको फुटबल मैदान र केही घरहरु समेत डुवानमा परेका छन् । करिडोरको सडक पनि डुवानमा परेर यातायात आवतजावत बन्द गरिएको छ ।

यसवर्ष एमाले कार्यालयमा बाढी पसेको यो तेस्रो पटक हो । पछिल्लो पटक एक हप्ताअघि डुवानमा परेको थियो । मनोहरा खोलामा पानीको सतह बढेर एमाले कार्यालय नजिकै पक्की पुलसम्म आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्