काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरी गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

न्याय सेवा आयोगको बैठकले साउन १५ गते दुई सहसचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए ।
श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा र ढुंगानालाई कानुन आयोगको सचिव पदमा पदस्थापन पनि गरिएको छ । त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमको सरुवा गरेको हो ।
सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको हो ।














