Logo
Logo

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डा


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले पारित गरेका दस्ताबेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ ।

पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्