Logo
Logo

पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी खुला


0
Shares

चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा आज बिहान खसेको पहिरो पन्छ्याएर ११ः ३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो ।

लामो समयसम्म सडक अवरुद्ध बनेका कारण रोकिएका सवारी साधन पार गराएर दुवैतर्फ सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले बताए । बिहान ७ः ३५ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्