काठमाडौं । रसुवाको स्याफ्रुबेसीमा एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकोप्टर बेपत्ता भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी–७ सूर्य चौर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरेपछि अहिले प्रहरी सो स्थानमा जाँदै गरेको जानकारी दिए । हेलिकोप्टर ४ जना सवार रहेको बताइएको छ । विस्तृत विवरण आउन बाँकी














