Logo
Logo

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसको शपथ आज


2.1k
Shares

काठमाडौं । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आज पद तथा गोपनीयताको शप लिने भएका छन् । उनी दिउँसो २ः १० बजे राजधानी ढाका पुगेपछि राष्ट्रपति कार्यालयले उनलाई अन्तरिम सरकार प्रमुखको रुपमा शपथ गराउने तयारी गरेको हो ।

आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै गएपछि सोमबार शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर हिडेपछि राष्ट्रपति मोहम्मद साहबुद्दिनले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई बुधबार अन्तरिम सरकार प्रमुखको जिम्मेवारी तोकिएको घोषणा गरेका थिए ।

हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बंगलादेशमा माइक्रोफाइनान्सका संस्थापक हुन् । बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।

राष्ट्रपति मोहम्मद साहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखसँग विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000