
काठमाडौं । संघीय संसदअन्तर्गत आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक बिहान सवा ११ बजे सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्ने भएको हो ।
बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।














