
काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो र चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग बिहान ७ बजेदेखि दुईतर्फी अबरुद्ध भएको हो ।
राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अबरुद्ध भएपछि काठमाडौं आउने र पोखरा तथा नारायणगढ जाने सवारीसाधनको लाइन लाग्न थालेको प्रहरीले जनाएको छ । यात्रुहरु सडकमा अलपत्र परेका छन् ।














