
काठमाडौं । सहकारीको रकम हिनामिना सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग आज पनि बयान लिँदैछ ।
कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँग मंगलबार बयान नसकिएकाले आज (बुधबार) पनि लिन लागिएको हो । समिति सदस्य लेखनाथ दाहालले छानबिन समितिको बैठक केही बेरमा शुरु हुने जानकारी दिए ।
समितिले जेलमा रहेका पाँच जनालाई झिकाएर बयान लिइसकेको छ । थप दुई जनाको बयान लिने क्रम जारी छ । समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ ।














