काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन सबै राजनीतिक दलहरूको सहमतिमा गरिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कठीन परिस्थितिमा पनि सबै दलहरू मिलेर संविधान निर्माण गरिएकाले परिमार्जन गर्दा पनि सबै मिलेर गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘संविधानप्रति कसैलाई माया लागेको, कसैलाई नलागेको छँदैछैन । मिलेर बनाएको हो, फेरि मिलेर कार्यान्वयन गर्छौं र परिमार्जन गर्छौं ।’

उनले मनलाग्दी ढंगले संविधान संसोधन गर्न नखोजिएको बताउँदै लोकतन्त्र र सामाजिक न्यायप्रति सरकार प्रतिबद्ध रहेको बताए । विकास, समृद्धी र जनतालाई सेवा दिने विषयमा बाधक बनेको विषयमात्रै संसोधन गर्न लागिएको पनि उनले बताए ।














