Logo
Logo

ओलीजी जे बोल्नुहुन्छ ठ्याक्कै उल्टो बुझ्नुपर्छ: प्रचण्ड


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीको ठेगान नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै प्रचण्डले ओलीले जे बोले पनि त्यसको उल्टो बुझ्नुपर्ने बताए।

संविधान संशोधनका नाममा बहुदलीय प्रतिस्पर्धा रोकेर दुईदलीय व्यवस्था गर्न खोजिएको आशंका गर्दै उनले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरेका हुन् ।

‘तर प्रधानमन्त्रीजीले यहाँ दुई दलीय होइन बहुदलीय हो भन्नुभयो त्यही नै सावित होस्। तर केदेखि तर्सेको के, केदेखि झस्किन्छ भने झैँ उहाँले ‘हुन्छ’ भन्दा ‘हुन्न’ बुझ्नुपर्ने ‘हुन्न’ भन्दा ‘हुन्छ’ बुझ्नुपर्ने स्थिति भएको हुनाले आशंका त कायम छ तर जे बोल्नुभएको छ सही कायम होस् मेरो शुभकामना छ। ’ प्रचण्डले भने।

यसअघि संसदमा बोल्दै प्रधानमन्त्री ओलीले संघीयता र गणतन्त्रको मर्म विपरीत हुनेगरी संविधान संशोधन हुन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्