
काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे. ६ प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा पैदलयात्री अन्दाजी ३५ वर्षीय युवक र मोटरसाइकल चालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ का २९ वर्षीय मन्दिप मेचे र २५ वर्षीय सागर मेचे घाइते भएका थिए ।
घाइतेमध्ये सागर मेचे र पैदलयात्री युवकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । अर्का घाइते मन्दिप मेचेको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।














