Logo
Logo

खैरो हेरोइनसहित कोटेश्वरबाट ८ जना पक्राउ


315
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरबाट प्रहरीले लागुऔषध खैरो हेरोइन सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ३३ दशमलव ७६ ग्राम खैरो हेरोइनसहित ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा २७ वर्षीय रफिस अवाले, १९ वर्षका रिसफ श्रेष्ठ, २१ वर्षीय रेमन राई, ३३ वर्षीय अमित कुमार चौधरी, ३६ वर्षीय प्रमोद राई, २८ वर्षका मेहरमान भुजेल, २७ वर्षका टिम्पल तामाङ र २९ वर्षीय भीम कुमार चेम्जोङ छन् ।

आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल ८ ट्याब्लेट र ५५ हजार नगद समेत बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्