Logo
Logo

गठ्ठाघरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


4.1k
Shares

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिए ।

उनका अनुसार ती महिलाको सनाखत भएको छैन । दुर्घटनापछि आक्रोशित मानिसहरुको भिड जम्मा भएको छ । उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले सवारी आवागमन प्रभावित भएको छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्