Logo
Logo

गट्ठाघर घटनामा मृतक महिलाको पहिचान खुल्यो


4.5k
Shares

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका महिलाको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–६ घर भएका २६ वर्षीया सुष्मा नेपाली रहेका छन् ।

बिहीबार दिउँसो १:४० बजेको समयमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार उनको मृत्यु भएको थियो ।

उनको घट्नास्थलमै मृत्यु भएपछि प्रदर्शनकारी आक्रामक भएका थिए । प्रदर्शनकारीको भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेका थिए । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

नेपालीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्