काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँदैछन् भन्ने हल्लामात्रै भएको बताएका छन् ।
पार्टी कार्यालयमा जारी स्थायी कमिटी बैठकपछि संक्षिप्त कुरा गर्दै उनले पार्टी फुट्छ भन्ने भ्रम मात्रै भएको बताए ।

उनले भने, ‘यो सरकारका बारेमा मैले संसद्मै बोल्ने तयारी गरेको छु, पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ । प्रभाकरले पार्टी फुटाउँछन् भन्ने माहोल बनेको छ, त्यो गलत हो । नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो ।’
प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडितकेन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरुको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको जिकिर गर्दै दृढतापूर्वक कार्यान्वयनमा लैजान आवश्यक रहेको पनि बताए ।














