Logo
Logo

गठ्ठाघरमा दुर्घटना गराउने ट्रक चालक पक्राउ


2.1k
Shares

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटना गराउने ट्रक चालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । दुर्घटना भएको बा.४९ प ८९४४ नम्बरको स्कुटर प्रहरी वृत्त थिमीमा राखिएको छ ।

दुर्घटनाबाट दोलखाको मेलुङ गाउँपालिका–६ घर भएका २६ वर्षीया सुष्मा नेपालीको घट्नास्थलमै मृत्यु भएका थिए । नेपालीको मृत्युपछि प्रदर्शनकारी आक्रामक भएका थिए । प्रदर्शनकारीको भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेका थिए ।

नेपालीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । ट्रक सशस्त्र प्रहरी गण नम्बर-२ महराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्