Logo
Logo

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुष ओखलढुंगाका कोइराला


945
Shares

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका स्कुटर चालकको सनाखत भएको छ । मृतक पुरुष ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई काठमाडौँका कपन बस्दै आएका उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए ।

करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएपछि स्कुटर चालकलाई ट्रकले २० मिटर परसम्म लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

ट्राफिक प्रहरीको लापरवाहीका कारण उक्त घटना घटेको स्थानीले आरोप लगाएका छन् । गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्