Logo
Logo
थामे बाढी अपडेट

हिमताल फुटेर तीन घर बगायो, ५ वटा घरमा क्षति


5.1k
Shares

काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ ।

सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीले ५ वटा घर र एउटा होस्टल जोखिममा परेको छ । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको डीएसपी घिमिरेले जानकारी दिए ।

उनले भने, ‘तीन घर बगाएको, ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्