Logo
Logo
प्रचण्डलाई जनार्दनको प्रश्न

‘मलाई माओवादीमा ठाउँ छ कि छैन कमरेड ?’


13.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई आफूलाई माओवादी कहिले हुने हो भन्दै प्रश्न गरेका छन् ।

माओवादी रुकुम (पश्चिम) काठमाडौं सम्पर्क समन्याय समितिले दोस्रो जिल्ला सम्मेलनमा बोल्दै उपमहासचिव शर्माले आफूलाई माओवादी नेता कहिले भन्ने हो भन्दै प्रश्न गरेका हुन् ।

उनले नेकपा एमालेसँग पार्टी एकता गर्दा पनि आफूलाई एमालेको नेता भएको आरोप लागेको बताए । उनले एमालेसँग एकतापछि बनेको नेकपामा हुँदा पनि केपी शर्मा ओली निकट नेता भएको आरोप लगाएको बताए ।

‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भए, माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला’, उनले भने, ‘हुन पाउनुपर्‍यो नि ! ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको केपीको मात्रै हुने भए, तपाईंको म हुन पाउनु पर्दैन ?’

नेता शर्माले माधवकुमार नेपाल, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई पनि पार्टी एकताको लागि छलफल गरेको बताए । पछिल्लो केही समयदेखि माओवादी केन्द्रलाई जनार्दन शर्माले फुटाउन लागेको आरोप खेप्दै आएका जनार्दनले आफू पार्टी फुटको लागि भन्दा पनि पार्टी नयाँ ढङ्गले निर्माणको पक्षमा लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्