
काठमाडौं । ‘संसदीय छानविन विशेष समिति’ले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपीन कुमार आचार्यसँग बयान लिएको छ ।
आचार्यले आइतरबार समितिको बैठकमा उपस्थित भएर बयान दिएका हुन् । आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप लागेको छ ।
समितिले कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूसँग बयान लिइरहेको छ । समितिले अब बयान लिने क्रम अन्तिम चरणमा पुगेको बताएको छ ।














