Logo
Logo

साफ यू-२० च्याम्पियसिप: नेपालको विजयी सुरुवात


378
Shares

काठमाडौं । साफ यू–२० च्याम्पियसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा निराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो । उनले खेलको २४औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले जित हात पारेको हो ।

यस जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपालसहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

सोमबारको समूह बी अन्तर्गत दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै भुटान र भारतले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्