Logo
Logo

बझाङ पहिरो- पुरिएका चार जनाकै मृत्यु (नामसहित)


252
Shares

काठमाडौं । बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । राति करीब साढे १ बजेको समयमा बुंगल नगरपालिका–१० को टुमेडास्थित वीर बहादुर धामीको घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी रहेका छन् ।

उनीहरु चारैजनाको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले जानकारी दिए ।

पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भए । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्