
काठमाडौं । ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै एक घरमा आगलागी भएको छ । सोमबार बिहान मन्दिरको पछाडिको एक घरमा आगो लागेको हो ।
आज रक्षा बन्धनका दिन जेरी, पुुरी पकाउने क्रममा ग्यास लिक भएर आगो लागेको प्रारम्भिक अनुसन्धामा देखिएको ललितपुर प्रहरीले जनाएको छ ।
अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन । थप विवरण आउँन बाँकी छ ।














