Logo
Logo

सुनसरीमा एक पुरूषको हत्या, टाउको र शरीर छुट्टाछुट्टै भेटियो


1.3k
Shares

काठमाडौं । सुनसरीमा एक व्यक्तिको हत्या भएको छ । सुनसरीको गढी गाउँपालिका–२ स्थित थलाहा टोलमा गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

सिमेन्ट र बालुवाको रिङ बनाउने काम गर्दै आएका ऋषिदेवको शव टाउको र शरीर अलग भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर हत्याबारे सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्