Logo
Logo

साम्राज्यवादी मुलुकहरुलाई समेत शान्ति चाहिएको छ : वरिष्ठ पत्रकार शर्मा


सूर्य बिसी

504
Shares

दाङ । प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले साम्राज्यवादी भनिएका मुलुकहरुलाई समेत शान्ति चाहिएको बताएका छन् ।

शनिबार सर्वाेदय पुस्तकालय तथा वाचनालय र राप्ती साहित्य परिषदले दाङमा संयुक्त रुपमा आयोजना गरेको वुद्ध चिन्तन र शान्ति क्षेत्र नेपाल विषयक छलफलमा पत्रकार शर्माले उक्त धारणा राखेका हुन् ।

‘साम्राज्यवादी देशहरु युद्धमा फसेका छन् । त्यहाँका जनताको विचल्ली भएको छ । विध्वंस भएको छ । धुवाँको मुस्लो निस्किरहेको छ । तसर्थ हामी बुद्धको देशबासीलाई मात्र शान्ति चाहिएको हैन ती साम्राज्यवादी देशहरुलाई समेत चाहिएको छ,’ पत्रकार शर्माले सुनाए ।

शान्ति खासगरि जनतालाई नै चाहिएको र जनता नै शान्तिका लागि जाग्नुपर्ने पत्रकार शर्माको भनाई थियो । उक्त कार्यक्रममा पत्रकार नरेन्द्र केसीले भूराजनितिक तनाव एसियामा प्रवेश गरेको बताउँदै हिजो अलपत्र परेको शान्ति क्षेत्रको प्रस्ताव नेपालले फेरि उठाउन आवश्यक रहेको बताए ।

त्यसैगरि अर्का वक्ता डा. कृष्णराज डि.सी.ले जनता एक भएर जनदवाबमार्फत् संसदबाट शान्ति क्षेत्रको प्रस्ताव पास गराउनु पर्ने धारणा राखेका थिए । कार्यक्रम सर्वाेदय पुस्तकालय एवं वाचनालय दाङका अध्यक्ष शुसिल गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने शुसिला आचार्यले सहजिकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्