Logo
Logo

परराष्ट्रमन्त्री र भारतीय समकक्षीबीच भेटवार्ता


630
Shares

काठमडाौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।उनीहरुबीच केहि बेरअघि भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

वार्ताका क्रममा उनीहरुबीच देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । तर, समय भने तय भएको छैन । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्