रौतहट । राजर्षि जनक विश्वविद्यालयको आगिंकको रुपमा पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पस गौरको उद्घाटन गरिएको छ ।

राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा। अमर यादवले क्याम्पस उद्घाटन गरेका हुन् । उपकुलपति यादवले राजर्षि जनक विश्वविद्यालय मधेस प्रदेशमा एकमात्र विश्वविद्यालय रहेको बताउँदै बताउँदै आठ वटै जिल्लामा आंगिक क्याम्पस खोल्ने र देशभरि क्याम्पसलाई सम्बन्धन दिने कार्य भइरहेको जानकारी गराए ।
उपकुलपति यादवले पण्डित मंगल कुमार बहुमुखी क्याम्पस गौरका लागि नगरपालिकाले गरेको सहकार्यका लागि धन्यवाद समेत दिए ।
यस क्याम्पसमा आगामी वर्षदेखि अन्य प्राविधिक शिक्षाको पढाइ थप्दै जाने विश्वास व्यक्त गरे । सो क्याम्पसले यसै शैक्षिक सत्रमा विएससिएजि र विविए कोर्षमा भर्ना लिइरहेको विश्वविद्यालयका डिन सत्यनारायण साहले बताए ।














