Logo
Logo

बागमती नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह


378
Shares

काठमाडौं । अविरल वर्षासँगै काठमाडौंको बाग्मती नदीको जलसतहले सतर्कता तह पार गरेको छ । गौरीघाट जलमापन केन्द्रका अनुसार जलसतह बढ्दो क्रममा छ ।

साथै, तटीय क्षेत्र र बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ । महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तहनजिक रहेको छ ।

बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बागलुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश स–साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्